Home समाचार राष्ट्रिय सहकारी बैंकको मुनाफा ४२ करोड

राष्ट्रिय सहकारी बैंकको मुनाफा ४२ करोड

झापा २९ जेठ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले लकडाउनका कारण उत्पन्न परिस्थिति र बैंकका तर्फबाट भएका समन्वय र सहकार्य सम्बन्धी छलफल सम्पन्न गरेको छ । बैंकका अध्यक्ष के.बी.उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई संलग्न भर्चुअल बैठकमा बैंकका सञ्चालकहरु, लेखा समितिका संयोजक तथा सदस्यहरुले आ–आफ्ना जिज्ञासा र सुझाव राख्नु भएको थियो ।
भर्चुअल बैठकमा बैंकको वित्तिय अवस्थाबारे जानकारी गराउनुका साथै विभिन्न अन्य विभिन्न निर्णय समेत गरेको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा १२ हजार शेयर सदस्य रहेको संस्थामा हाल २ अर्ब ६ करोड रुपैयाँ शेयर तथा ३० अर्ब ९६ करोड निक्षेप रहेको जनाइएको छ । कर्जा लगानी २२ अर्ब ५० करोड गरेको संस्थाले ४२ करोड मुनाफा आर्जन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बैठकले आगामी ४ वर्षे कार्यकालका लागि बैकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुराराईलाई नै निर्णय गरेको छ भने लकडाउनका कारण बैंकका ग्राहक समस्यामा परेको भन्दै जेठ मसान्तसम्म ब्याजमा १० प्रतिशत छुट दिने तथा असार १ गतेदेखि लागु हुने गरी बचत र कर्जामा २ प्रतिशत सम्म ब्याज घटाउने, राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्रस्कुन)बीचको सहकार्य अनुसार साझा मार्गचित्र परिमार्जन सहित पारित गर्ने निर्णय गरेको बैठकले बैंकका सञ्चालक तथा प्रदेश नं. १ का संयोजक महेन्द्रकुमार गिरीका पिता बमबहादुर गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार राष्ट्रिय सहकारी बैंकको मुनाफा ४२ करोड

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments