Home समाचार युवा युवतीको क्षमता विकासका लागि तालिम

युवा युवतीको क्षमता विकासका लागि तालिम

बिर्तामोड २८ जेठ । नारी चेतना सक्षम संस्था नेपाल कनकाई नगरपालिका– ९ घैलाडुव्बाको आयोजना तथा कनकाई नपा ९ वडा कार्यालयको आर्थिक सहयोगमा युवा युवतीको क्षमता विकासका लागि दुई दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
४० जना स्थानीय युवा युवतीको सहभागिता रहेको तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसी निरौलाले गर्नुभएको थियो । व्यक्तित्व विकास, माईक्रोफोनमा बोल्ने तथा कार्यक्रम सञ्चालन गर्ने तरिका लगायतका विषयमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनका वीच भएको तालिममा सहभागीलाई स्यानीटाइजर र माक्सको प्रयोग अनिवार्य गरिएको थियो ।
नारी चेतना सक्षम संस्था नेपालकी अध्यक्ष नर्वदा संग्रौलाको अध्यक्षता तथा कनकाई नपा ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष झुमा शर्मा वेडारीले स्वागत गरेको कार्यक्रममा कनकाई नपा ९ का वडासदस्य नरमान श्रेष्ठ , मुना शिवा , नारी चेतना कृषि सहकारी संस्थाकी अध्यक्ष लता श्रेष्ठ , नेपाल रेडक्रस सोसाइटी घैलाडुव्वाका सभापति केशव शर्मा वेडारी ,आर्दश विद्या मन्दिर घैलाडुव्वाका प्रधानाध्यापक धर्मानन्द निरौला , घैलाडुव्वा वजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठ , अरुणोदय इङ्लिस वोर्डिङ स्कूलका प्रिन्सिपल अरुण राजवंशी ,राजवंशी महिला सञ्जाल समितिकी सावित्रा राजवंशी लगायतले शुभकामना दिएका थिए भने सहभागिकातर्फबाट रञ्जना पौडेलले तालिमको उपलब्धिमुलक रहेका प्रतिक्रिया दिनुभएको थियो ।
सो अवसरमा दिव्यश्वरा उप्रेती , नारी चेतना सक्षम संस्था नेपालकी उपाध्यक्ष झुमा शर्मा वेडारी , मनिका आचार्य उप्रेती, परिना चिमरिया , अंकिता उप्रेतीले गीत तथा निशा हिङ्माङ, मुना उप्रेतीले कविता र रञ्जना पौडेल तिम्सिनाले कथा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नारी चेतना सक्षम संस्था नेपालकी व्यवस्थापक निर्मला सिटौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार युवा युवतीको क्षमता विकासका लागि तालिम

Most Popular

Recent Comments