Home समाचार कचनकवलका स्वास्थ्यकर्मी आन्दोलित

कचनकवलका स्वास्थ्यकर्मी आन्दोलित

कचनकवल २८ जेठ । झापामा कोरोना संक्रमणको केन्द्रका रूपमा चिनिएको कचनकवल गाउँपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीको कामको प्रोत्साहन गर्न स्थानीय सरकारले दिने भनिएको भत्ता कटौती गरेपछि आन्दोलन सुरू भएको छ ।
प्रदेश नं.–१ मै सबै भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको झापाको कचनकबल गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम मोलेर गरेवापतको भत्ताको माग गर्दै संघर्षमा उत्रिएका हुन् । हालसम्म कचनकबलमा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीको काममा पनि जोखिम बढेको भन्दै गाउँपालिकाका स्वास्थ्यकर्मी र कर्मचारी असन्तुष्ट संघर्ष समिति नै बनाएर उनीहरु आन्दोलनमा उत्रिएका छन् । कचनकबल गाउँपालिकाका स्वास्थ्यकर्मीको मंगलबार बनियानी स्वास्थ्य केन्द्रमा भएको भेलाले ६ बुँदे माग राखेर संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।


स्वास्थ्यकर्मीको संयुक्त संघर्ष समितिले कर्मचारीले खाईपाई आएको तलवमा चैत महिनादेखि शतप्रतिशत भत्ताको व्यवस्था हुनुपर्ने माग अगाडि सारेका छन् । मागपत्रमा पिसिआर नमूना संकलन र ल्याबका कर्मचारी, कन्ट्रयाक ट्रेसिङमा जाने सिआइसिटी र आरआरटिएममा खटिएका कर्मचारीलाई खाजा, खाना र यातायात खर्च वापत दैनिक एक हजार भक्ता हुनुपर्ने उल्लेख छ ।
मागपत्रमा एम्बूलेन्स चालकको बीमा हुनुपर्ने, कोभिड कार्यमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भएमा मृतकका छोरोछोरीलाई उच्च शिक्षा अध्ययनको प्रबन्ध हुनुपर्ने र कोरोना संक्रमितलाई आइसोलेसन सम्म लिएर जाने चालकको बीमा र दैनिक एकहजार रुपैयाँ भक्तको व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।
संघर्ष समितिले मंगलबार गाउँपालिका, प्रदेश सरकार, प्रहरी कार्यालय, वडा कार्यालय लगायतका विभिन्न संघ संस्थालाई मागपत्रका सम्बन्धमा जानकारी गराएका छन् । जेठ २८ गते बुधबार सबै स्वासथ्यकर्मी र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
जेठ २९ गते बिहान १० देखि ११ बजेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने र जेठ ३० गते पनि २ घण्टा सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम रहेको छ । यसैगरी जेठ ३२ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् । संघर्ष समितिले पटक पटक गाउँपालिकालाई लिखित रूपमा मागपत्र दिएको र सुनवाई नभएपछि संघर्षमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक जागेश्वर यादवले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष अन्जार आलमले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई खाइपाई आएको तलब भत्ताको २५ प्रतिशत उपलब्ध गराएको जानकारी दिनुभयो । बजेट बनाउने बेलामा चैत देखिको सतप्रशित भत्ता खुवाउन सम्भव नहुने उहाँँको भनाई छ । कचनकबल गाउँपालिकामा १५ बेडको बनियानी स्वास्थ्य केन्द्र छ । स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस चिकित्सक छन् । सात वडामा ७ वटा स्वास्थ्य चौकी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कचनकवलका स्वास्थ्यकर्मी आन्दोलित

Most Popular

Recent Comments