Home समाचार सौन्दर्यकर्मी युनियनद्वारा तिनै तहका सरकारलाई ज्ञापन

सौन्दर्यकर्मी युनियनद्वारा तिनै तहका सरकारलाई ज्ञापन

विराटनगर २७ जेठ  । कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण सौन्दर्यकला सम्बन्धी व्यवसाय जोखिममा परेको भन्दै उक्त पेशामा संलग्न व्यवसायीहरुले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
रास्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले संघीय सरकार, प्रदेश र स्थानीय सरकार समक्ष लकडाउनले व्यवसायमा पारेको असर, त्यसबाट उत्पन्न समस्या, सौन्दर्यकलासंग जोडिएको रोजगारीको अवस्था लगायतका विषयबस्तु बारे तीनै तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै सहज वातावरण बनाइदिन माग गरेका हुन् ।
युनियनले संघीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै पेशा सञ्चालनका लागि लिएको बैंकको ब्याज तथा करमा विशेष छुट, लकडाउन अवधीभरको घरभाडा छुट वा मिनाहाको व्यवस्था गरिदिन माग गरेको छ ।
साथै लकडाउनका कारण व्यवसाय सञ्चालन हुन नसक्दा सौन्दर्यकला पेशामा संलग्न व्यवसायीको दैनिकी कष्टकर बन्दै गएको भन्दै विशेष राहतको व्यवस्था गरिनुपर्ने, सौन्दर्य पेशाको संरक्षण र प्रवद्र्धन गर्न कानून अनुसार दर्ता भएका र सिटिइभिटीबाट प्रदान गरिने प्रमाणपत्रका आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने र बैंक व्याज र किस्ता तिर्ने समयसीमा बढाएर आगामी माघ महिनासम्म थप गरिनुपर्ने माग राख्दै व्यवसायीले ज्ञापन पत्र बुझाएका हुन् ।

केन्द्रमा युनियनकी केन्द्रीय अध्यक्ष सुमन गुरुङ र महासचिव पवि गुरुङद्वारा हस्ताक्षरित ज्ञापन–पत्र सरकारलाई बुझाएका छन् ।
व्यवसायीक सुरक्षाको माग गर्दै १ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शेरधनलाईलाई युनियनकी केन्द्रीय समिति शिक्षा सचिव ममता प्रधानको टोलीले केन्द्रीय निर्देशन अनुसार ज्ञापन पत्र बुझाएको हो ।
त्यसैगरी युनियनको विराटनगर महानगरपालिका कमिटीले पनि आइतबार जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई सोही प्रकृतिको ज्ञापन पत्र बुझाएको छ ।
मोरङमा शिक्षा सचिव प्रधानको उपस्थितिमा, महानगरपालिकाका अध्यक्ष सायदा तबसुम, उपाध्यक्ष अमिता पोखरेल, सचिव गंगा तामाङ, सहसचिव भली सुब्बा, कोषाध्यक्ष गिता खड्गीसहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । यस अघि झापाको विर्तामोड नगर कमिटीले पनि नगरपालिकामा व्यवसायिक हितका साथै स्वास्थ्य सामग्री सहज र सहुलियत दरमा उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
लामो समयदेखि व्यवसाय ठम्प भएका बेला, कर, किस्ता, घरभाडाको ताकेता तथा दैनिकी धान्नुपर्ने भएका कारण महिलाहरु मानसिक तनामा परेको उनीहरुको भनाई छ ।
स्वरोजगार पेशाका रुपमा रहेको सौन्दर्य क्षेत्रमा अहिले देशभर तीनलाख भन्दा बढी महिला संलग्न रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सौन्दर्यकर्मी युनियनद्वारा तिनै तहका सरकारलाई ज्ञापन

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments