Home समाचार समाचार विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्यो सरकार

विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्यो सरकार

काँकरभिट्टा/भारतबाट आयात हुने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
भारतीय पक्षको निरन्तरको दबाब पछि नेपाल सरकार निर्णयबाट पछि हटेको हो ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गर्न निर्णय गरेको स्रोत जनाएको छ । तर, सरकाले भने विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।
नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने उल्लेख गरेको थियो ।
तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिंदै आएको थियो । नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र नै लेखेको थियो ।
सरकारको पछिल्लो निर्णयले आम नेपालीको स्वास्थ्यमा गम्भिर असर पर्ने बिषादी प्रयोग गरी उत्पादन गरिएको भारतीय तरकारी तथा फलफुल निर्वाध रुपमा नेपाल भित्रिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्यो सरकार

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments