Home समाचार मेची अञ्चल अस्पतालको नवनिर्मित भवनको गुणस्तरमाथि प्रश्न

मेची अञ्चल अस्पतालको नवनिर्मित भवनको गुणस्तरमाथि प्रश्न

झापा २३ जेठ । भद्रपुर स्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनको निर्माण गुणस्तर बारे प्रश्न उठेको भए पनि नियामक बेखवर बस्ने गरेको छ । निर्माण ठेकेदार कम्पनीका पेटी ठेकेदारका कामदारका भरमा निर्माण भइरहेको भवनमा सरकारी नियामकको उपस्थित न्युन हुँदा गुणस्तरमाथि प्रश्न उठेको हो ।
अधिकाम्स पेटी ठेकेदार भारतीय रहेको अस्पताल भवनमा प्रयोग भइरहेका निर्माण सामग्री न्युन गुणस्तरका रहेको स्थानीयको भनाइ छ । निर्माण मापदण्ड अनुसार गिटी, बालुवा, सिमेन्ट, रड लगायत प्रयोग नभएको प्रत्यक्षदर्शी बताउने गर्छन् । पछिल्लो पटक वाल ल्पास्टर सुक्न नपाउँदै रङ लगाइने कार्यले भवनमा आवश्यक पर्ने पानीको सन्तुलन समेत मिल्न सकेको छैन ।
पछिल्लो समय कोरोना अस्पताल बनाउने हल्ला चलेपछि आसपासका बासिन्दाले समेत निर्माण गुणस्तरमाथि चासो राख्न छाडेका छन् । जसको फाइदा ठेकेदारले लिइरहेको छ । सरकारी नियामक आउँदै नआउने आँउदा पनि ठेकेदार पक्षको कामलाई सदर गरेर जाने गरेको आसपासका बासिन्दा बताउने गर्छन् ।
प्रत्यक्षदर्शी स्थानीयका अनुसार निर्माण स्थलमा सरकारी प्राविधिकको रेखदेख देखिँदैन । निर्माण कम्पनीका पेटी ठेकेदारका कामदारका भरमा निर्माण कार्य चलिरहेको छ । भवन निर्माण गुणस्तरमाथि प्रश्न उठिरहेको भए पनि हेर्ने फुर्सद सरकारी पक्षसित छैन भने राजनीतिक दल तथा स्थानीय सरोकारवाला निकाय समेत वेवास्ता गरिरहेका छन् । जसले ५० औ वर्ष खप्नुपर्ने भवन केही वर्षमै ढल्ने अवस्थाको निर्माण हुने हो कि भन्ने शंका पनि उत्पन्न गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मेची अञ्चल अस्पतालको नवनिर्मित भवनको गुणस्तरमाथि प्रश्न

Most Popular

Recent Comments