Home समाचार विर्तामोडका १० वटै वडामा क्वारेन्टिन बनाउने निर्णय

विर्तामोडका १० वटै वडामा क्वारेन्टिन बनाउने निर्णय

विर्तामोड २३ जेठ । विर्तामोड नगरपालिकाले नगरक्षेत्रका सबै वडामा क्वारेन्टिन बनाउने निर्णय गरेको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण तथा समन्वय समितिको शुक्रबार नगरपालिकामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो ।
भारतसहित विभिन्न मुलुकमा रोजगारीका लागि गएका नागरिकहरु पनि फर्काउन थालिएसंगै नगरपालिकाले क्वारेन्टिनको संख्या बृद्धि गर्न लागेको हो । क्वारेन्टिनका साथै नगरमा आइसोलेसन स्थल बनाउनेबारे बैठकमा छलफल भएपनि निर्णय भइनसकेको बताइएको छ ।
बैठकमा तत्काल कृषि थोक बजार बन्दै राख्ने तथा तरकारी अहिले जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहने दिने, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको सुझावका आधारमा परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाका सभापति सजेस शिवाकोटीले जानकारी दिनुभयो ।
बैठकमा संविधानसभा सदस्यहरु नरेश खरेल, सुधिरकुमार शिवाकोटी, नगरस्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोडका १० वटै वडामा क्वारेन्टिन बनाउने निर्णय

Most Popular

Recent Comments