बुधबारे/ बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान सुरु गरिएको स्वास्थ्य शाखाका अधिकृत दिपक सापकोटाले जानकारी दिए ।
पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा देखा परेको यस ज्वरो विरुद्ध कुनै खोप नरहेकोेले सचेत रहनु तथा यस रोगको लक्ष्यण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जानुनै सबैभन्दा उपयोगी हुने सापकोटाले बताए ।
प्रचार प्रसारका क्रममा विभिन्न क्षेत्रका स्थानीयहरुले जनचेतना मुलक प्रचार प्रसार भन्दा पनि गरिब तथा विपन्न वर्गलाई झुल बाड्दा तथा डेंगु ज्वरो लाग्ने लाम्खुट्टेको विरुद्ध दबाई हान्नु पर्ने माग राखेको कर्मचारी दिपेश भट्टराईले बताएका छन् ।
पहिलो चरणमा डेंगु ज्वरो विरुद्ध प्रचार प्रसार गरेर जनचेतना मुलक कार्यक्रम गरेको जानकारी दिंदै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी दिनमा डेङ्गु विरुद्ध थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताए ।