Home समाचार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो

झापा २२ जेठ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । जेठ २० गतेमृत्यु भएका पाल्पा पूर्व खोला गाउँपालिकाका ४५ वर्षीय एक व्यक्तिको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएसंगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको हो । विहिबार कोरोना पुष्टि भएका पाल्पाका ती व्यक्ति पाँचदिन अघि भारतबाट आएका थिए भने उनी पाल्पास्थित मिसन अस्पतालमा उपचाररत थिए ।
झापामा थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु कचनकवल र भद्रपुरस्थित कलबलगुरी क्वारेन्टिनका हुन् । यो संगै झापामा संक्रमितको संख्या १२३ पुगेको छ । देशभर ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनु भएको छ ।
विहिबार ३३४ जनाका कोरोना भाइरस पोजेटिभ देखिएसंगै देशभर संक्रमितको संख्या २ हजार ६ सय ३४ जना पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो

Most Popular

Recent Comments