Home समाचार मधु पोखरीको स्तरोन्नती तीब्र

मधु पोखरीको स्तरोन्नती तीब्र

सैनिकबजार २२ जेठ । निरन्तरको लकडाउनका बाबजुद पनि विर्तामोड–१० स्थित मधु पोखरीको स्तरोन्नती गरी पर्यटकीय क्षेत्र निर्माणको कार्य तिब्र रुपमा भइरहेको छ ।
महाभारतकालमा विराट राजाले आफ्ना गाईहरुलाई पानी खुवाउन पोखरी खन्न लगाएको विश्वास रहेको पोखरी निरन्तर संरक्षणको अभावमा पोखरीको अस्तित्व नै संकटमा पुगेको थियो ।
वडा नं. १० अन्तरगत पत्थरभिट्टा उत्तरतर्फ अवस्थित मधु पोखरीलाई स्तरोन्नती गरी पर्यटकीय क्षेत्र निर्माण गर्ने उद्देश्यले मधु पोखरीको निर्माण कार्यलाई तीब्रता दिइएको वडाध्यक्ष दुर्योधन गुरुङले जानकारी दिनुभयो ।

स्थानीयको मौलिकतासंग जोडेर निर्माणाधिन पोखरीका लागि १ नम्बर प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको वडाध्यक्ष गुरुङले बताउनु भयो ।
क्षेत्रफल र सुन्दरताका हिसाबले उत्कृष्ट स्थल रहेको मधु पोखरी धार्मिक पर्यटनको संभावना देखिएसंगै पोखरी निर्माण कार्यलाई तीब्रता दिइएको हो । वडा नं.–१० मा महाभारतकालिन ऐतिहासिकता किंवदन्तीमा आधारित मधु, सधु, तेलगानी र विराटपोखर सहित चारवटा पोखरी छन् ।
७ विगाहा क्षेत्रफलमा अवस्थित मधु र सधु पोखरीको एककुनामा सिद्धेश्वर मन्दिर समेत अवस्थित छ । पोखरी संरक्षणका लागि गत वर्ष वडा कार्यालयको लगानीमा पोखरी आसपासमा घेराबारा गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मधु पोखरीको स्तरोन्नती तीब्र

Most Popular

Recent Comments