Home समाचार गोली–गठ्ठासहित एक पक्राऊ

गोली–गठ्ठासहित एक पक्राऊ

संखुवासभा / संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बाट हात–हतियार र गोलीगठ्ठा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राऊ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटिएको प्रहरी टोलीमाथि लक्षित गरी असार १६ गते बिहान होयङ्ला भन्ने स्थानमा प्रहरीलाई फायर गर्ने कार्यमा तामाङको संलग्ना रहेको भन्दै प्रहरीले उनलाई पक्राऊ गरेको हो ।
प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दै सर्च गर्ने क्रममा असार १७ गते तामाङलाई पक्राऊ गरेको जनाएको छ । पक्राऊ परेका तामाङबाट १ थान एसएलआर, ६५ राउण्ड गोली, म्यागजिन १ थान, र १३ थान खोका एलएमजी राईफलको २० राउण्ड गोली सहित म्यागजिन १ थान, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड र मेमोरी कार्ड सहितको मोवाईल १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै स्लिपिङ व्याग १ थान, पछाडी भिर्ने कालो रंगको झोला–१ थान, कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताव १ थान १, खाली डायरी–१ थान बरामद गरिएको छ ।
हातहतियार सहित पक्राउ परेका तामाङमाथि प्रहरी कार्यालय संखुवासभामा राखी थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार गोली–गठ्ठासहित एक पक्राऊ

Most Popular

Recent Comments