Home समाचार सुनसरीमा आगलागीबाट २ महिलाको मृत्यु

सुनसरीमा आगलागीबाट २ महिलाको मृत्यु

सुनसरी २२ जेठ । सुनसरीको धरान उप(महानगरपालिका–१५ सिद्धकाली चोकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । विहिबार बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा इटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सुनसरीमा आगलागीबाट २ महिलाको मृत्यु

Most Popular

Recent Comments