
भद्रपुर २२ जेठ । झापाको गौरीगञ्ज गाउँपालिका–१ बाट लुकाएर राखिएको ३० केजी सूर्ती बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी कुञ्जीवारीले गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीवारीका किचका कोचको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको सूर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।