Home समाचार संखुवासभामा खोलाले बगाएर बालिकाको मृत्यु

संखुवासभामा खोलाले बगाएर बालिकाको मृत्यु

खाँदबारी २१ जेठ । संखुवासभाको खाँदवारी नगरपालिका–८ बस्ने दिपक राईको ८ बर्षीया छोरी कोरिना राईको सभाखोलाले बगाएर मृत्यु भएको छ । बुधबार दिउँसो सवा १२ बजेको समयमा दुबै बुबा छोरी दोभानटारतर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेका थिए । खोलामा लडेका दुवैलाई बगाउँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बुबा दिपक राई भने पौडिएर निस्कन सफल भएको तथा बालिकालाई बगाएको स्थान भन्दा लगभग साँढे १ किलोमिटर तल मृत अवस्थामा फेला पारिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार संखुवासभामा खोलाले बगाएर बालिकाको मृत्यु

Most Popular

Recent Comments