Home समाचार जेसीजद्वारा पत्रकार उपचार कोष र मृगौला रोग पीडितलाई सहयोग

जेसीजद्वारा पत्रकार उपचार कोष र मृगौला रोग पीडितलाई सहयोग

बिर्तामोड । ‘मावनताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीज आस्थाको सार आत्मसात गरी वीरता जेसीजले पत्रकार उपचार कोष र मृगौला रोगबाट पीडित एक बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
बिहीबार बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच प्रमुख अतिथि जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता जेसीजका अध्यक्ष विशाल थापा र निवर्तमान अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि प्रदान गरिएको १५ हजार रुपैयाँ महासंघका अध्यक्ष तारामणि सापकोटा र सहसचिव केशव भट्टराईले ग्रहण गरेका थिए । त्यस्तै अर्जुनधारा–९ स्थित मृगौला रोगबाट पीडित रमेश लोहारको उपचारका लागि ११ हजार रुपैयाँ उनकी दिदी पार्वता लोहारले ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत, महासंघका अध्यक्ष सापकोटा, एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, मृगौला रोगबाट पीडित रमेशकी दिदी लोहारले मानवीय सेवाका लागि वीरता जेसीजले गरेको सहयोगको सराहना गरेका थिए । वीरता जेसीजका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विकास बस्नेत, आस्था वाचन कोषाध्यक्ष घनश्याम चौधरी र जेसीआई मिसन तथा भिजनको वाचन राजीव धिमालले गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जेसीजद्वारा पत्रकार उपचार कोष र मृगौला रोग पीडितलाई सहयोग

Most Popular

Recent Comments