Home समाचार विर्तामोडका २० घरमा रातो झण्डा

विर्तामोडका २० घरमा रातो झण्डा

विर्तामोड १८ जेठ । कोरोनासंग सम्बन्धित रहेर विर्तामोड नगरपालिका वडा नं.–५ ले आइतबार वडा भित्रको एक घरमा रातो झण्डा राखेको छ ।
विर्तामोड नगरपालिका वडा नंं–५ ले खतराको संकेतका रुपमा बुझिने रातो रंगको झण्डा आइतबार एक घरमा राखिएसंगै आजसम्ममा वडाभित्र दुईवटा घरमा रातो झण्डा राखिएको वडा सदस्य डिआर कडरियाले जानकारी दिनुभयो ।
नगरपालिकाको वडा नं.–४ का ३ घरमा रातो झण्डा राखिएको बताइएको छ भने नगरपालिका क्षेत्रभित्र जम्मा २० वटा घरमा सोही प्रकृतिका झण्डा राखिएको वडा तथा नगर सदस्य कडरियाले बताउनु भयो ।
खास गरी होम क्वारेन्टाइन अर्थात विदेशबाट आएकाहरु सार्वजनिक क्वारेन्टाइनमा नगइ घरमै बसेको अवस्थामा होम क्वारेन्टाइनको संकेतका रुपमा रातो संगको झण्डा राखिएको स्रोतले बताएको छ ।
आइतबार झण्डा राखिएको घरमा भारतबाट आएका परिवारका एक सदस्य क्वारेन्टाइनमा नबसी घरमा आएपछि वडा कार्यालयले संकेतका रुपमा झण्डा राखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोडका २० घरमा रातो झण्डा

Most Popular

Recent Comments