Home समाचार झापाका सात स्थानीय तहमा कोरोना संक्रमण

झापाका सात स्थानीय तहमा कोरोना संक्रमण

झापा १८ जेठ । १५ वटा झापा सातवटा स्थानीय तहमा कोरोनाको संक्रमण देखिएको छ ।
आइतबार गौरीगञ्ज गाउपालिकाका ४ जनाका संक्रमण पुष्टि भएसंगै कोरोना देखिएका स्थानीय तहको संख्या सात पुगेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत युवराज कट्टेलले जानकारी दिनुभयो ।
झापामा सबैभन्दा पहिला दमक नगरपालिका वडा नं.–३ का एक व्यक्तिमा संक्रमण देखिएको थियो भने त्यसपछि बाह्रदशी गाउँपालिका हुँदै आइटतबार आज गौरीगञ्जका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
झापामा कोरोना संक्रमण देखिएका स्थानीय तहमा गौरादह, भद्रपुर, दमक नगरपालिका र गाउँपालिकातर्फ गौरीगञ्ज, झापा, बाह्रदशी र कचनकवल रहेका छन् ।
यी मध्ये कोरोना संक्रमणको केन्द्र विन्दु मानिएको कचनकवलमा १०० जना, बाह्रदशी–२, झापा–१, गौरीगञ्ज–४, गौरादह–२, भद्रपुर र दमक नगरपालिकाका १÷१ गरी १११ जना तथा झापा घर भई काठमाडौं बस्दै आएका १ सहित ११२ जनाको कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको थियो ।
संक्रमित मध्ये दमक र बाह्रदशी गाउँपालिकाका १/१ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी उपचारकै क्रममा रहेको बताइएको छ ।
यसैबीच नेपालमा आइतबार देशभर १६६ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५६७ पुगेको छ । संक्रमित मध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापाका सात स्थानीय तहमा कोरोना संक्रमण

Most Popular

Recent Comments