Home समाचार संवेदनशील अंग र टाउकोमा लौरोले कुटेर राईको हत्या

संवेदनशील अंग र टाउकोमा लौरोले कुटेर राईको हत्या

सुनसरी १७ जेठ। सुनसरी बारहक्षेत्र–३ बाङ्गे निवासी ३७ बर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । शुक्रबार बिहान ६ बजे सुनसरी बराहक्षेत्र–३ इक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा कमल राई मृत अवस्थामा फेला परेका थिए । शरीर र टाँउकोमा चोट सहित शकास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । हत्या भएको पुष्ठी भए संगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामी रहेका छन ।
पक्राउ परेका यी दुबै जनाले पुर्व रिसिबीको कारण योजनाबद्ध रुपमा कमललाइ प्लटिङ जग्गामा लगेर लौरोले टाउँको तथा शरिरका संवेदनशिल अंगमा कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार संवेदनशील अंग र टाउकोमा लौरोले कुटेर राईको हत्या

Most Popular

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल...

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

Recent Comments