झपा १४ जेठ । कर्णली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेशमा वर्षभरि दिइने सार्वजनिक बिदाबारे टुङ्गो लगाएको छ। मन्त्री परिषदको बैठकद्धारा कर्णाली प्रदेशभित्र बर्षमा सात दिन सार्वजनिक विदा दिने गरी निर्णय गर्दै सार्वजनिक विदाको टुङ्गो लगाएको हो।
मन्त्रीपरिषदको निर्णय अनुसार २०७७ सालको असार १५ गते नौ वटा जिल्ला र चैत्र १२ गते जुम्ला जिल्लामा धान दिवस मनाउन सार्वजनिक विदा दिने निर्णय गरिएको प्रदेश सरकार कृषि मन्त्री बिमला केसीले जानकारी दिनुभयो ।
त्यसैगरी साउन १ गते साउने संक्रान्ति तथा देउडा दिवस, भदौं ४ गते प्रदेश स्थापना तथा शहिद दिवस, असोज कृष्ण त्रयोदशीमा चन्द्रनाथ मन्दिरको लिंगो बोक्ने मेला जुम्ला जिल्लाका लागि सार्वजनिक विदा, त्यसैगरी माघे संक्रान्ति माघ १ गते, चैते दशै र फोत्तोलो ल्होसार तीथि अनुसार सार्बजनिक बिदा दिने निर्णय गरिएको मन्त्री केसीले बताउनु भयो । यी सबै बिदा राजपत्रमा प्रकाशन गरेर लागु गरिने छ ।
कर्णाली प्रदेशले टुंग्यायो सार्वजनिक विदा
