Home समाचार भोलीदेखि विर्तामोड केही खुकुलो हुँदै अब संघीय सरकारको निर्णयानुसार हुने

भोलीदेखि विर्तामोड केही खुकुलो हुँदै अब संघीय सरकारको निर्णयानुसार हुने

बिर्तामोड १४ जेठ । लकडाउनको पालना नगरी सहरमा भिडभाड बढेको भन्दै सिल गर्रिएएको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलिदेखि केही खुकुलो हुने भएको छ । मंगलबार नगरपालिकामा सम्पन्न छलफलको निश्कर्ष र आज बुधबार उद्योगी व्यवसायीले सहज बनाउन गरेको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गर्दै भोलीदेखि संघीय सरकारको निर्णयानुसार हुने जनाइएको छ ।
जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बिर्तामोड नगरपालिका कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको आजको बैठकको निर्णय अनुसार खाद्यान्न पसलहरु र निर्माणजन्य तथा अत्यावश्यक सामाग्रीका पसलहरु जोर÷बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजे सम्म खोल्न पाउने भएको छ ।
यस्तै बैंक तथा बित्तीय संस्थाहरु १० बजेदेखि १ बजेसम्म खोल्ने निर्णय भएको छ । सोका लागि बैंकर संघको समयतालिका पालना गरिनेछ भने सामान लोड अनलोड बेलुकामात्र गर्ने निर्णय भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भोलीदेखि विर्तामोड केही खुकुलो हुँदै अब संघीय सरकारको निर्णयानुसार हुने

Most Popular

Recent Comments