Home समाचार प्रयोगशाला बृद्धिसंगै रिपोर्ट आउने क्रममा बढ्यो

प्रयोगशाला बृद्धिसंगै रिपोर्ट आउने क्रममा बढ्यो

झापा १३ जेठ । कोरोना संक्रमणको नमूना परीक्षणका लागि प्रयोगशाला बढाएसंगै संक्रमितको संख्यामा बृद्धि हुने क्रम बढेको छ ।
सरकारले कोरोना संक्रमण जोखिम शुरु हुँदा एकमात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण शुरु गरेको थियो । हाल प्रयोगशालाको संख्यामा बृद्धि गरी देशभर २० वटा प्रयोगशाला पुर्याइएको छ । प्रयोगशाला विस्तारको क्रम बढेसंगै परीक्षणको दायरा पनि फराकिलो हुँदै गएसंगै मंगलबार एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला बृद्धिले परीक्षणको दायरा पनि बढेसंगै संक्रमितको संख्यामा पनि बृद्धि भएको देखिएको हो ।
२० औं प्रयोगशालाका रुपमा सोमबार शिक्षण अस्पतालमा प्रयोगशाला सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाउनु भएको छ । उहाँका अनुसार सोमबार अपरान्ह्र साढे चारबजेपछि मंगलबार सोही समयसम्मको २४ घण्टामा ३ हजार सात सय ८२ र आरडिटीबाट २ हजार ७ सय ७५ वटा परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रयोगशाला बृद्धिसंगै रिपोर्ट आउने क्रममा बढ्यो

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments