Home समाचार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं १२ जेठ । कोरोना संक्रमणबाट मर्नेको संख्या ४ पुगेको छ । नेशनल मेडिकल कलेज बारामा गत जेठ ४ गते मृत्यु भएका एक व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आएसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको हो । ति व्यक्तिको पिसिआर परिक्षणका लागि जेठ ३ गते नमूना स्वाव संकलन गरिएको जनाइएको छ ।
यसअघि सिन्धुपलाञ्चोककी एक सुत्केरी महिलाको मृत्यु भएको थियो भने बाँके नरैनापुर गाउँपालिकाका–१ र गुल्मीका एकजनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए ।
यसैबीच नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । अछाम, बर्दिया, बारा र पर्साका गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामको मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी अहिले अछाम अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका २२ र २४ र १८ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको जिराभवानीकाका १८ वर्षीया पुरुष र काठमाडौँ घर भई हाल कलैया बारामा बस्ने २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

Most Popular

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

Recent Comments