Home समाचार १ थपिएसंगै झापामा कोरोना संक्रमितको संख्या ३७,देशभर ६०३ जना

१ थपिएसंगै झापामा कोरोना संक्रमितको संख्या ३७,देशभर ६०३ जना

झापा ११ जेठ । झापामा आइतबार फेरी एकजना कोरोना संक्रमित थपिएका छन् । चारदिन अघि झापा गाउँपालिकाको सीमावर्ती क्षेत्रको भारतबाट भित्रिएका बाह्रदशी गाउँपालिकाका ती व्यक्तिलाई कोरोना पुष्टि भएसंगै थप उपचारका लागि धरान पुर्याइएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाँईले जानकारी दिनुभयो । उनी बाह्रदशीमा दोस्रो कोरोना संक्रमित हुन् भने झापामा ३७ औं हुन् ।
यसअघि शनिबार झापा गाउँपालिका १ व्यक्तिमा कोरोना पुष्टि भएको थियो भने कचनकवल गाउँपालिकाका ३३ जनामा कोरोना संक्रमितको उपचार भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएका हुन् ।
यसअघि झापाको दमक र बाह्रदशीका एक÷एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् ।
नेपालमा अहिलेसम्ममा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । आइतबार मात्रै झापाको बाह्रदशीसहित बारा, पर्सा, कपिलवस्तु, गुल्मी, नुवाकोट लगायतका जिल्लाबाट संकलित नमूना परीक्षणबाट १९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले जनाउनु भएको छ । उहाँका अनुसार प्रदेश –१ का १४ जिल्ला मध्ये, ७ जिल्लामा ८६, प्रदेश–२ का सबै जिल्लाबाट १७९, वाग्मतीका ११ जिल्लाका ३४, गण्डकीका ३ जिल्लाका ५ जना, प्रदेश–५ का २८१, कर्णाली प्रदेशका ४ र सुदुरपश्चिम प्रदेशका १४ जनासहित संक्रमितको संख्या ६०३ पुगेको हो । ती मध्ये ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमणका दृष्टिले आइतबार एक जिल्ला नुवाकोट थपिएसंगै ४२ जिल्ला पुुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार १ थपिएसंगै झापामा कोरोना संक्रमितको संख्या ३७,देशभर ६०३ जना

Most Popular

Recent Comments