विर्तामोड १० जेठ । झापाको विर्तामोडबाट लागु औषधसहित दुईजना पक्राऊ परेका छन् । विर्तामोड नगरपालिका–५ स्थित कृष्ण चलचित्र मन्दिर नजिकबाट सोही स्थान बस्ने २८ बर्षीय पवन चौधरी र २८ बर्षीय महेश गुरुङ पक्राऊ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुको साथबाट पाँच ग्राम प्लाष्टिकभित्र बेरिएको ४ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
लागु औषधसहित दुई पक्राऊ
