Home समाचार मेची अस्पतालको भवनमा कोरोना अस्पताल, स्वास्थ्यको सभाहलमा पिसिआर केन्द्र

मेची अस्पतालको भवनमा कोरोना अस्पताल, स्वास्थ्यको सभाहलमा पिसिआर केन्द्र

भद्रपुर १० जेठ । झापाको भद्रपुरमा कोरोना अस्पताल र पिसिआर प्रयोगशाला सञ्चालन हुने भएको छ । कोरोना अस्पताल र पिसिआर प्रयोगशाला केन्द्र सञ्चालनका लागि स्थानको शनिवार टुङ्गो लागेको हो । कोरोना अस्पताल र पिसिआर प्रयोगशालाबारे सरोकारवालाको शनिबार सम्पन्न छलफलले झापाको भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने र स्वास्थ्य कार्यालयको सभाहलमा पिसिआर प्रयोगशाला केन्द्र सञ्चालन गर्ने टुङ्गो लागेको बैठकमा सहभागी नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने प्रदेश सांसद बानियाँले बताउनु भयो । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ । कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अञ्चल अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो । पछिल्लो समय झापाको कचनकवलमा मात्रै ३३ जनामा कोरोना संक्रमित देखिएका छन् भने यस अघि कोरोना संक्रमित देखिएका बाह्रदशी र दमकका २ कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
बैठकले जिल्ला समन्वय समितिले एकहजार थान भिटिएम किन्ने निर्णय भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मेची अस्पतालको भवनमा कोरोना अस्पताल, स्वास्थ्यको सभाहलमा पिसिआर केन्द्र

Most Popular

Recent Comments