Home समाचार झापा गाउँपालिकाका एकजनामा कोरोना संक्रमण

झापा गाउँपालिकाका एकजनामा कोरोना संक्रमण

झापा १० जेठ । झापामा फेरि एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । झापा गाउँपालिकाको डिल्लीराज माविको क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिइए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार देशभर ३६ जनामा कोरोना संक्रमण देखिएसंगै कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
शनिबार सेती अस्पतालमाको प्रयोगशालामा गरिएको परिक्षणबाट ४ जना, कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट १ जना, त्यस्तै बाँकेको नरैनापुरका विभिन्न ठाउँबाट गरिएको नमूना संकलनमध्ये २७ जना, बर्दियामा १ र सुर्खेतमा ३ सहित शनिवार ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये ५०३ जना पुरुष छन् भने बाँकी महिला रहेका छन् । अहिलेसम्ममा देशभरका ४० जिल्लामा कोरोनाको संक्रमण देखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापा गाउँपालिकाका एकजनामा कोरोना संक्रमण

Most Popular

Recent Comments