Home समाचार समाचार झापामा थप ५ जनामा संक्रमण, जाेखिम बढ्दै

झापामा थप ५ जनामा संक्रमण, जाेखिम बढ्दै

झापा ७ जेठ ।  झापामा भारतबाट आएर कचनकवल गाउँपालिकाकाे क्वारेन्टाइनमा बस्दै आएका थप ५ जनामा कोरोना संक्रमण देखिएकाे छ । याे संगै झापामा काेराेना संक्रमितकाे संख्या १७ पुगेकाे छ । पछिल्लो रिपोर्टसंगै कचनकवलमा मात्रै काेराेना संक्रमितकाे संख्या १५ पुगेकाे छ ।
प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा गरिएको परीक्षणमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको बताइएकाे छ ।
यसअघि मंगलबार कचनकवलमा रहेको क्वारेन्टाइन रहेका ८ जना र साेमबार १ एकजनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे भने केही दिन अघि बारदशी र दमकमा १/१ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे ।
उनीहरु शनिवार भारतकाे मुम्बईबाट नेपाल आएका हुन । सबैको उपचार कोभिड अस्पताल विराटनगरमा हुने बताईएको छ ।
बुधबार कचनकवलकाे काेराेना संक्रमित देखिएकाे कचनकवलकाे १ नं प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित जिल्लाका सराेकारवालाले अवलाेकन गरेका छन् ।
बुधबार पनि झापाका बिभिन्न गाँउपालिकामा २ सय ५० भन्दा बढि नेपाली भारतबाट आएकाछन् । केहि दिन अघिदेखि निर्माण क्षेत्रमा लुकिछिपी भारतीय कामदारहरु आएको पनि अपुष्ट रुपमा आवाज उठिरहेको छ । तर स्थानीय तहहरुमा स्वाब परीक्षण जुन रुपमा हुनु पर्ने हो त्यो नभएको पनि आवाज उठ्दै आएको छ । जाँचको दायरा बढेका कारण संख्या बढेको पनि जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार झापामा थप ५ जनामा संक्रमण, जाेखिम बढ्दै

Most Popular

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

गिरीलाई समाजसेवा रत्नसहित, झापाका ६ जनालाई अलंकार र पदक

झापा । पाँचौं संविधान दिवसको अवसरमा सरकारले सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । प्रत्येक वर्ष सामाजिक सेवामा लागेका...

Recent Comments