Home समाचार विना प्रकृया सिमानाका नागरिकको प्रवेशले जोखिम बढ्ने चिन्ता

विना प्रकृया सिमानाका नागरिकको प्रवेशले जोखिम बढ्ने चिन्ता

झापा ७ जेठ । भारतको मुम्बईबाट दिल्ली हुँदै ट्रकमा सात दिनको यात्रा तय गरी नेपाल–भारत सिमानाका झापाको कचनकवल गाउँपालिकाको दक्षिणी सीमा क्षेत्र पाठामारीबाट नेपाल भित्रिएका ३३ जनलाई गाउँ छिर्न नदिइ गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा पुर्याइयो ।
पथरिया माविको क्वारेन्टाइनमा राखिएका ३३ जनाको सनिवार कोरोना संक्रमण परीक्षणका लागि नमूना संकलन गरि कोशी अस्पतालमा पठाइएका मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएसंगै कचनकवलका ५ वटा वडा सिल गरिएको छ । कचनकवलको सीमानाकाबाट मात्रै डेढसयको हाराहारीमा नेपालीहरु स्वदेश भित्रिएको सार्वजनिक भएको छ ।
त्यस्तै सोमबार भारतको विहार राज्यसंग सिमाना जोडिएको झापा गाउँपालिकास्थित लसुनामा स्वदेश प्रवेशको आशमा दशगजा क्षेत्रमा आएका ४७ जनालाई मंगलबार झापा गाउँपालिकाले खानाको प्रबन्ध मिलायो । झापाका विभिन्न स्थानीय तहले आ–आफ्ना नागरिक जिम्मा लिएर क्वारेन्टाइनमा राखेका छन् भने अन्य जिल्लाकालाई मेची क्याम्पसस्थित होल्डिङ सेन्टरमा राखिएको बताइएको छ ।
त्यसै गरी मंगलबार नै झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ भने उनीहरुसंगै आएका इलामका ८ जनालाई बुद्धशान्तिले खाना खुवायो ।
क्वारेन्टाइनमा राख्नु र खाना खुवाउनु ठूलो कुरा नहुन सक्छ । महत्वपूर्ण कुरा के हो भने भारतको लखनउबाट आएको बताउने बुद्धशान्ति पुगेका उनीहरु कसरी त्यहाँ पुगे भन्ने कुरा महत्वपूर्ण हो । तीनदिन अघि कैलाली प्रशासनले बुद्धशान्तिका ३ जनालाई पठाइदियो, मंगलबार झापा गाउँपालिकाको सीमानाकाबाट आएका १ जना थपिएको गाउँपालिका अध्यक्ष रमेश भुजेलले जानकारी दिनुभयो ।
त्यसो त मंगलबारै मेची खोला हुँदै पारीपट्टि सिमानामा रहेका झण्डै ५ दर्जन मानिसहरु नेपाल प्रवेश गरेपछि नेपाल प्रहरीले नियन्त्रणमा लियो । यी प्रतिनिधी घटनामात्र हुन् । पूर्वी सीमावर्ती नाका काँकरभिट्टाको मेची पुलपारी सयौं मानिसहरु स्वदेश प्रवेशको आशा राख्दै क्वारेन्टाइनमा बसेको ४८ दिन वितिसकेको छ । सिमानाको छेवैमा आएर क्वारेन्टाइनमा बस्नुपर्दाको पीडा भोग्ने र वारी बसेर कहिले आउलान् भनेर मेची खोलालाई हेर्दै बसेका आफन्तहरुलाई मात्र थाहा छ ।
जिल्ला तहबाट सिमानामा अलपत्र परेकालाई उद्दारका लागि गरिएको निर्णय कार्यान्वयन हुन नसक्दा दिनप्रतिदिन समस्या जटिल बन्दै गइरहेको सीमावर्ती स्थानीय तहका जनप्रतिनिधिहरुले बताए रहेका छन् । विभिन्न कारणले भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु स्वदेश प्रवेशको आशमा दशगजा क्षेत्रमा लामो समय थामिन नसक्ने माथिका उदाहरणले देखाएको छ ।
पूर्वी सिमानाका स्थित मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले नागरिक ल्याउने गृह मन्त्रालयको कुरा भएको बताउँदै सरकारको सहयोग विना नगरपालिकाले मात्रै केही गर्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘मैले केही बोल्न सक्ने अवस्था छैन, यो गृह मन्त्रालयसंगको कुरा हो ।’ यस अघि आएका सबै आ–आफ्नो जिल्ला र नगर र गाउँपालिकामा गइसकेको मेयर आचार्यले जानकारी दिनुभयो ।
‘खुल्ला सिमाना छ, मकैबारी छ, अनि खोला छ, यस्तो सिमानामा सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गरेपनि कठिन छ, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भन्नुभयो–‘भारतमा रेल चल्न थालेपछि सिमानामा भिड बढेको छ, कति मान्छे खोला खोलै घर पुग्नसक्छन्, त्यसले भोलीको अवस्था कस्तो होला ?’ सीमा क्षेत्रमा रहेका गाउँपालिकालाई थाम्नै गाह्रो भएको बताउँदै उहाँले थप्नुभयो–‘सरकारले निर्णय गरेर लिगलरुपमा ल्याउन सकेको भए सजिलो हुन्थ्यो, लुकेर गाउँ छिरेको अवस्थामा त्यसले निम्त्याउने खतरा नियन्त्रण कठिन छ ।’
साहको जस्तै भनाई छ, १० जना कोरोना संक्रमित देखिएको कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमको पनि । खुल्ला सिमानाका कारण को कति बेला कहाँबाट प्रवेश गर्छ त्यसको निगरानी कठिन छ,–आलमले भन्नुभयो–‘सिमानामा आएकाहरुलाई सरकारले निर्णय गरेर ल्याउने हो भने जोखिम कम हुन सक्छ, तर उनीहरुले चोरीबाटो प्रयोग गर्न थालेभने त्यसबाट भयावह अवस्था नआउला भन्न सकिन्न, बरु ल्याउने वातावरण मिलाएर स्वास्थ्य परिक्षण गरेर व्यवस्थापन गर्दा सबैको हितमा हुन्छ ।’
विश्वमा फैलिएको कोरोना महामारीबारे सरकारलाई थाहा नभएको जस्तो आफूलाई अनुभूति भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो । आफ्ना नागरिक अलपत्र परेको यो बेलामा सरकार चुप लागेर बसेको टिप्पणी गर्दै उहाँले भन्नुभयो–‘खर्च यति भयो, यस्तो गर्यौ भनेर मात्र सरकार बसेको अवस्था छ, यो बेला चुप लागेर बस्नेकी समस्या समाधान गर्ने भन्ने ठूलो कुरा हो ।’ बुद्धशान्तिमा कोरोना संक्रमणका लागि प्रदेश सरकारबाट ५ लाख रुपैयाँ प्राप्त भएको छ भने परीक्षणका लागि ४० वटा किट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
सरकारले भित्र्याउन नसके जबरजस्त उनीहरु नेपाल प्रवेश गर्नेसक्ने कुरालाई नजरन्दाज गर्न सकिन्न । भारतमा पनि कोरोना संक्रमितको संख्या निरन्तर बढिरहँदा सिमानाका नागरिक स्वास्थ्य परिक्षण नगरी भित्रिएको खण्डमा थप जोखिम बढ्ने खतरातर्फ सरकारको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विना प्रकृया सिमानाका नागरिकको प्रवेशले जोखिम बढ्ने चिन्ता

Most Popular

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

गिरीलाई समाजसेवा रत्नसहित, झापाका ६ जनालाई अलंकार र पदक

झापा । पाँचौं संविधान दिवसको अवसरमा सरकारले सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । प्रत्येक वर्ष सामाजिक सेवामा लागेका...

Recent Comments