Home समाचार कोभिड–१९ बाट भारतमा ३३ सय बढीको मृत्यु

कोभिड–१९ बाट भारतमा ३३ सय बढीको मृत्यु

७ जेठ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३३ सय भन्दा बढीको ज्यान गुएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जनाको कोभिड–१९ बाट ज्यान गएसंगै हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या तीन हजार ३०३ पुगेको हो ।
भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या एकलाख ६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा ३७ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या एकहजार ३२५ रहेको छ भने तमिलनाडुमा १२ हजार ४४८ र गुजरातमा १२ हजार १४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोभिड–१९ बाट भारतमा ३३ सय बढीको मृत्यु

Most Popular

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

Recent Comments