Home समाचार ३६ जिल्लामा देखियो कोरोना संक्रमण

३६ जिल्लामा देखियो कोरोना संक्रमण

काठमाडौं ६ जेठ । मुलुकभर ४०२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा यसको संक्रमण ३६ जिल्लामा पुगेको पाइएको छ । सात प्रदेश र ७७ जिल्लामध्ये हालसम्म परीक्षण गर्दा कोरोना संक्रमणको फैलावट ३६ जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनु भएको छ ।
कोरोना संक्रमण भए नभएको बारे जानकारीका लागि हालसम्म पिसिआर प्रविधिबाट ३२ हजार छसय चारजनाको नमूना परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ७४ हजार छ सय ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
मंगलबार देशभर २१ हजार छसय २३ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका तथा उपत्यका बाहिर गरी चारसय ६७ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै स्वमूल्याङ्कनका लागि ४४ हजार बढीले फर्म भरेको बताइएको छ ।
यसैबीच देशभर मंगलबार कोरोना संक्रमण पुष्टि भएका विभिन्न जिल्लाका २७ जनाका सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ शुरु भइरहेको देवकोटाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ३६ जिल्लामा देखियो कोरोना संक्रमण

Most Popular

Recent Comments