Home समाचार समाचार बहर काटेको आरोपमा तीन पक्राऊ

बहर काटेको आरोपमा तीन पक्राऊ

गौरादह जेठ । झापाको गौरादह–४ का तीनजना बहर काटेको आरोपमा पक्राऊ परेका छन् ।
गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र सोही स्थानका ६० बर्षीय मद्रासी सतार बहर काटेर खाएको आरोपमा पक्राउ परेका हुन् ।
तीनजना मिलेर आइतबार राति १० बजे रमेश दर्जीको घरमा बाच्छो काटेर मासु खाएको र बाच्छाको टाउको तथा दुईवटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भन्दै स्थानीयले महारानीझोडा प्रहरी चौकीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको प्रमाणित भएकाले उनीहरुलाई पक्राऊ गरिएको र तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार बहर काटेको आरोपमा तीन पक्राऊ

Most Popular

Recent Comments