Home समाचार समाचार महानिर्देशक बिहिन सिडिसि, पाठ्यपुस्तकले अनुमति नपाउँदा कक्षा १ का विद्यार्थी घरैमा पढ्न...

महानिर्देशक बिहिन सिडिसि, पाठ्यपुस्तकले अनुमति नपाउँदा कक्षा १ का विद्यार्थी घरैमा पढ्न पनि बञ्चित

विनोद सापकोटा
झापा ५ जेठ । विश्वसँगै नेपाल पनि कोरोना भाइरस महामारीको असरबाट नराम्रोसँग प्रभावित बनेको छ । संंक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । कोरोना भाइरसबाट नेपालमा पनि दुइजनाले ज्यान गुमाइ सकेका छन् ।
महामारीले भयावह रुप लिनसक्ने आँकलन जनस्तर र बौद्धिक वर्गबाट पनि भइरहेको छ । यसको असर समाजका हरेक क्षेत्रमा पनि परेको छ । अरुसँगै शिक्षा क्षेत्र पनि नराम्रोसँग प्रभावित बनेको छ । नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दा महामारीको त्रासका कारण शुरु भएको लकडाउन पटकपटक थपिँदै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र विश्वभरका मनोविज्ञहरुको चिन्ता छुट्टै छ । मानिसहरुमा मानसिक समस्या आउने खतरातर्फ उनीहरुले सचेत गराइरहेका छन् । यस्तोमा नेपालका विद्यालय तहका बालबालिकाहरु पनि अन्योल र दुविधामा छन् ।
नेपाल सरकारका शिक्षासँग सरोकार राख्ने निकायहरु कुनै जिम्मेवारीपूर्ण र समाधानयुक्त बाटो खोज्नुभन्दा बिहान एउटा साँझ अर्को फरक फरक विज्ञप्ति र सूचनाहरु निकाल्नमै व्यस्त छन् । कहिले पुस्तकलाई पनि अत्यावश्यक सूचिमा राख्ने भन्छन्, कहिले होइन भन्छन् । कहिले जनक शिक्षाको किताबलाई छुट अरुलाई छैन भन्छन् । कहिले एसइइ परीक्षा नगरी छोड्दैनौँ भन्दैछन् त कहिले ठेगान छैन भन्दैछन् ।
यसरी अन्योलमा राख्ने क्रममा नयाँ पाठ्यक्रमअनुसारको कक्षा १ को पुस्तकका बारेमा झनै अन्योलको स्थिति सिर्जना भएको छ । यति सम्म कि एउटै घरका दाजु दिदिले लकडाउनकै बेला पुस्तक पसलबाट पाठ्यपुस्तक किनेर पढ्दा भाई या बहिनीले कक्षा १ को पुस्तक पढ्न पाएका छैनन् । आखिर किन यस्तो भयो ? यसको जवाफ सवै तिरबाट खोज्न थालिएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थी र निजी अर्थात् संस्थागत विद्यालयका विद्यार्थीमाथि सिधै पक्षपात गरिएको कुराको चर्चा हुन थालेको छ । सामुदायीक विद्यालयको कक्षा १ को पुस्तक बजारमा छ्याप्छ्याप्ती हुँदा सस्थागत विद्यालयको पुस्तक किन बजारमा आउन सकेन ? प्रश्न खडा भएको छ ।
के निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पढ्न पाउने अधिकार प्राप्त हुनु पर्दैन ? के ती बालबालिकाले निजी विद्यालयमा पढेर गल्ती गरिरहेका हुन् ? या अरु के कारण छ ? सरकारको स्वामित्तमा रहेको जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित हुने कक्षा १ का पुस्तकहरु बजारमा र पसलपसलमा पुगिसक्दा पनि निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले पढ्ने पुस्तकले अनुमतिसम्म पाएका छैनन् । झापाका एक शिक्षासेवी भन्छन,‘यो त ती हजारौँ बालबालिकामाथिको सरासर विभेद र अन्याय हो ।’
पाठ्यक्रम विकास केन्द्र विगत लगभग डेढ महिनादेखि प्रमुखविहीन छ (पाठ्यक्रमका तत्कालीन महानिर्देशक डा. लेखनाथ पौडेल २०७६ चैत २४ गते नै सेवानिवृत्त भएर गइसकेका छन्) । करोडौँ लगानी गरेर प्रकाशन क्षेत्रमा लागेका निजी प्रकाशकहरु लामो समयसम्म कक्षा १ को पुस्तकको अनुमतिसम्बन्धी निर्णय नहुँदा पुस्तक छाप्न नपाएको गुनासो गरिरहेका छन् । यो भन्दा ठुलो चिन्ता अभिभावक र तिनका बालबालिकाहरुमा परेको छ ।
०७७ को शैक्षिक सत्र लकडाउनले थलिएपछि विद्यालयहरु अन्योलमा छन् । कक्षा १ का लागि कुन पुस्तकको सूची निकाल्ने ? अरु कक्षाका पुस्तकहरु छ्यापछ्याप्ती बजारमा र अभिभावक मार्फत विद्यार्थीका हात हातसम्म पुग्दा कक्षा १ मा पढ्नुपर्ने बालबालिका पुस्तक नपाएर निरास बन्न थालेका छन् । उनीहरुको मनोविज्ञानमा समेत असर पर्न थालेको अभिभावक बताउछन ।
निजी विद्यालय सन्चालकहरु पनि यसो हुनुमा सरकारको निजी क्षेत्रलाई अप्ठेरोमा पार्ने नियत अन्तर्गत त हैन भनेर शंका गर्न थालेका छन् । निजी प्रकाशक या निजी विद्यालयहरुको भन्दा पनि यहाँ आम चासो र चिन्ताको विषय भर्खर पूर्व प्राथमिक तह सकेसंगै नयाँ कक्षा (कक्षा १)मा गएर पुस्तक पढ्न पाउने प्रतीक्षामा रहेका बालबालिकाको हो । त्यसै पनि घरभित्र थुनिएर रहनुपर्दाको गाह्रो समयमा कम्तीमा नयाँ कक्षाका पुस्तक पढ्न पाउँदा पनि उनीहरुको मन फुरुङ्ग हुने अभिभावक रामबहादुर दाहाल बताउछन । दाहाल भन्छन, ‘पाठ्य पुस्तक पाए लकडाउनमा पनि घरैमा बसेर छोरोले पढ्थ्यो । मलाई पनि हल्का महसुस हुन्थ्यो ।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले महानिर्देशक नियुक्ति ढिलाई र लकडाउननै प्रमुख कारण कक्षा १ को पुस्तक स्वीकृतका लागि विलम्ब भएकोे बताए । उनले भने, ‘केन्द्रका पदाधिकारी उपत्यका वाहिर रहेकोले बैठक नहुँदा निर्णय समेत हुन नसकेको हो । हामिले मन्त्रालयमा लिखित जानकारी गराएका छौ । मन्त्रालयबाट अख्यिारी आउने वित्तिकै कक्षा १ को पाठ्यक्रम स्वीकृत हुन्छ ।’
उनका अनुसार प्रविधिको प्रयोग गरेर भएपनि बैठक बस्न सकिने छ । कक्षा १ को लागि पाठ्यक्रम विकास केन्द्रले कुनै पनि पव्लीकेसनको पुस्तक स्वीकृत नगरेकाले अन्योल कायमै रहेको उनले बताए । ‘केन्द्र यो विषयमा लागि रहेको छ । केन्द्रले संसोधनका लागि फिर्ता पठाएका पुस्तक आउने क्रम बढेको छ । केहि दिनमै समस्याको समाधान हुनेमा हामि ढुक्क छौ,’ उनले भने ।
आखिर कहिलेसम्म पाउँछन् त कक्षा १ का बालबालिकाले आफ्ना पुस्तक ? के पाठ्यक्रम विकास केन्द्रले नयाँ हाकिम नपाउँदासम्म यी अबोध बालबालिकाले पुस्तकका लागि पर्खनै पर्ने हो ? के ले रोकिरहेको छ पाठ्यक्रम विकास केन्द्रले नयाँ महानिर्देशक पाउनलाई ? धेरै प्रश्नहरु अनुत्तरित छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित सरोकारवाला सबैको यो गहन विषयमा ध्यान जान जरुरी ठान्छन शिक्षाविद्हरु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार महानिर्देशक बिहिन सिडिसि, पाठ्यपुस्तकले अनुमति नपाउँदा कक्षा १ का विद्यार्थी घरैमा पढ्न...

Most Popular

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

गिरीलाई समाजसेवा रत्नसहित, झापाका ६ जनालाई अलंकार र पदक

झापा । पाँचौं संविधान दिवसको अवसरमा सरकारले सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । प्रत्येक वर्ष सामाजिक सेवामा लागेका...

Recent Comments