Home समाचार २७६ मा कोरोना संक्रमण

२७६ मा कोरोना संक्रमण

काठमाडौं ३ जेठ । थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २७६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि शनिवार बिहान ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुगेको हो ।

यसैबीच कोरोनाको इपिसेन्टर मानिएको उदयपुरका एक सञ्चारकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित एक टेलिभिजनका समाचारदाता ती पत्रकार नेपालमा सबैभन्दा पहिले सामुहिक रुपमा कोरोना पुष्टि भएको उदयपुरको झुल्के अर्थात रेडजोनमा रिपोर्टिङका लागि गएका थिए । उनको धरानको घोपामा गरिएको नमूना स्वाब परिक्षणमा कोरोना पुष्टि भएको उदयपुरकै एक सञ्चारकर्मीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार २७६ मा कोरोना संक्रमण

Most Popular

Recent Comments