Home समाचार प्रदेश १ मा बजेटको आकार नबढ्ने

प्रदेश १ मा बजेटको आकार नबढ्ने

विराटनगर ३१ बैशाख । प्रदेश १ को राजस्व परामर्श समितिको प्रतिवेदन प्रदेशमा करको नीतिलाई यथावत राख्न सुझाएको छ । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको प्रारम्भिक प्रक्रिया पुरा गरिसकेको सचिव दामोदर रेग्मीले बताउनु भएको छ । उहाँका अनुसार समस्या परेको ठाउँमा सहजीकरण र सरलीरण हुनेछ । प्रदेश १ मा स्रोत अनुमान समितिको बैठक सम्पन्न भइसकेको छ भने मन्त्रालयल र स्थानीय तहसँग कार्यक्रमम माग गरिएको छ । १० दिन भित्र कार्यक्रम आएपछि छलफल गरेर टुङ्गो पुगिने सचिव रेग्मीले बताउनु भयो ।
कोरोनाले प्रभावित पारेको क्षेत्रलाई पुनर्जीवन दिइने बजेटमा कृषि क्षेत्र, औद्योगिक क्षेत्र र स्वास्थ्यमा लगानी बढ्ने तथा रोजगार केन्द्रित कार्यक्रम रहने रेग्मीले बताउनु भयो । उहाँका अनुसार आउने आवमा बजेटको आकार बढ्न सक्ने अवस्था छैन । ७५ प्रतिशत केन्द्रको अनुदानमा भरर्ने भएकाले आकार बढ्दैन । राजस्वका दर नबढाउने हुँदा चालु वर्षको भन्दा आकार घट्छ । चालु वर्ष ४२ अर्बको बजेट हो । आयोजना शुरु भएको र अधुरो भएको कार्यक्रमलाई मात्र बजेट माग्न भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रदेश १ मा बजेटको आकार नबढ्ने

Most Popular

Recent Comments