Home समाचार झापा सदरमुकाम चन्द्रगढीमा भीडभाड बढ्दै

झापा सदरमुकाम चन्द्रगढीमा भीडभाड बढ्दै

झापा ३१ वैशाख । नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको भन्दै सरकारले बन्दाबन्दी (लकडाउन) कडा गर्ने निर्देशन जारी गरे पनि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको छ ।
बन्दाबन्दी कडा गरेर जनता बचाउँछु भन्ने ध्याउन्नमा सरकार लागेको भए पनि मातहतका निकायले निर्देशन पालना गर्न नसकेपछि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको हो ।
हरेक दिन बिहान ११ बजेसम्म चन्द्रगढी भद्रपुरका अधिकांस चौक, बजार क्षेत्र र सडक किनारामा किनमेलको बहानामा सामान्य अवस्थाको भन्दा भीड बढ्ने गरेको भए पनि सडकमा खटाइएका सुरक्षाकर्मीले नियन्त्रण गर्न सकेका छैनन् ।
न्युनतम सुरक्षाको मापदण्ड समेत पालना नगरी अनावश्यक भीडले कोरोना संक्रमण त्रास बढाएको छ । हुन त बजार क्षेत्र तथा चौक चौकका गल्लीमा प्रहरी परिचालन भएको पनि देखिने गरेको छ तर पनि अनावश्यक भीड रोकिन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापा सदरमुकाम चन्द्रगढीमा भीडभाड बढ्दै

Most Popular

Recent Comments