Home समाचार धुमपान/मध्यपान नगर्न सुझाव

धुमपान/मध्यपान नगर्न सुझाव

काठमाडौं २९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुमपान र मध्यपान नगर्नु सुझाएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सोमबार धुमपान र मध्यपानका कारण मानिसको फोक्सो, कलेजो र मुटुमा असर गर्ने र त्यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा आकस्मिक रुपमा आउने महामारीले पनि छिटो समाउन सक्नेतर्फ सचेत गराउँदै कोरोना लकडाउनमा घरमा बसेका बेला धुमपान, मध्यपान सेवनमा पनि सुधार ल्याउन आग्रह गर्नुभयो ।
कोरोना भाइरस संक्रमणको शिकार जुनसुकै उमेरका मानिस पनि पर्नसक्ने देखिएको बताउँदै उहाँले भन्नुभयो–‘नेपालमा पनि २ वर्षको बच्चादेखि ८१ वर्षे ज्येष्ठ उमेरका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ, बढी संक्रमित हुनेमा वयस्कदेखि ५० वर्ष उमेर समूहका छन् ।’ देवकोटाले थप्नुभयो–‘धुमपान÷मध्यपान गर्ने पनि बढी यही उमेर समूह नै हो ।’
रोग प्रतिरोधात्मक क्षमता कम भएपछि जुनसुकै रोगले पनि छिटो आक्रमण गर्ने बताउँदै देवकोटाले खानपिनमा सचेत हुन आग्रह गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार धुमपान/मध्यपान नगर्न सुझाव

Most Popular

Recent Comments