Home समाचार समाचार नगरपालिकालाई लायन्सको राहत

नगरपालिकालाई लायन्सको राहत

भद्रपुर, २५ बैशाख । लायन्स क्लब अफ भद्रपुरले अति विपन्न परिवारका लागि खाद्यन्न जुटाउन नगर सरकारलाई ५० बोरा चामल, ५० पन दाल, ५० लिटर तेल, ५० वटा साबुन र ३०० प्याकेट पपकन हस्तान्तरण गरेको छ ।
क्लबले पचास परिवारलाई करिब १० दिन खान पुगने गरी प्रति परिवार चामल २० किलो, तेल १ लिटर, दाल १ किलो र पपकर्न ५ पिसका दरले पुग्ने गरी भद्रपुर नगर सरकारलाई हस्तान्तरण गरेको हो ।
प्रेसिडेन्ट लायनर यमबहादुर श्रेष्ठको नेतृत्वमा चार्टर प्रेसिडेन्ट तथा ब्रान्ड एम्बेस्डर माननीय ओमप्रकाश सरावगीको प्रमुख उपस्थितिमा सम्पन्न सो कार्यमा पास्ट प्रेसिडेन्ट ला.शिवकुमार गुप्ता र प्रदीपमणी रेग्मी, फस्ट भाईस प्रेसिडेन्ट योगेन्द्र पौडेल , सेकेन्ड भाईस प्रेसिडेन्ट प्रकाश उप्रेती , सेक्रेटरी शर्मिला अधिकारी, ट्रेजरर गोपाल खनाल, टेलटुइस्टर उत्तमकुमार राजवंशी, सदस्य अनिता राजवंशी, सदस्य पार्वती ओझा, सदस्य उर्मिला गौतम र सदस्य अनिता रिजालको उपस्थितिमा खाद्य सामग्री नगरप्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार नगरपालिकालाई लायन्सको राहत

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments