Home समाचार ७८ घरपरिवारलाई राहत

७८ घरपरिवारलाई राहत

दमक २५ बैशाख । नेपाली कांग्रेस झापा दमक नगर समिति अन्तर्गत ४ नं वडा समितिले ७८ घरपरिवारलाई राहत वितरण गरेको छ ।
लामो समयको लकडाउनका कारण अति विपन्न वर्गको चुल्होमा आगो बल्न छाडेपछि कांग्रेसका स्थानीय क्रियाशिल सदस्यहरुको सहयोगमा ७८ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार तथा नेपाल किसान संघका अध्यक्ष राजेन्द्र भट्टराई र नेपाली कांग्रेस ४ नं वडा समितिको सक्रियतामा अति विपन्न परिवारलाई चामल, दाल, नून तेल लगायतका सामग्री राहतस्वरुप प्रदान गरिएको थियो ।

राहत वितरण गर्दै संविधान सभा सदस्य महेन्द्राकुमारी सुब्बा, राजेन्द्र भट्टराई लगायत


संविधानसभा सदस्य महेन्द्राकुमारी सुब्बासहित कांग्रेसका नेताहरुले विपन्न मजदुर तथा किसान परिवारलाई राहत वितरण गरेका थिए । सरकारले एकसाताका लागि गरेको लकडाउन पटक–पटक थप गर्दै सातौं हप्तामा पु¥याउँदा मजदुर तथा विपन्न किसान वर्गको दैनिकी कष्टकर बन्दै गएको छ ।

विपन्न वर्गका अधिकांश घरपरिवारले सहयोगी हात खोजीरहेका बेला कांग्रेस कार्यकर्ता राहत लिएर पुगेपछि दमक नगरपालिका–४ नं वडा कञ्चन टोल विकास क्षेत्र र जानकी टोल विकास क्षेत्रका बासिन्दाले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ७८ घरपरिवारलाई राहत

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments