Home समाचार एम्बूलेन्स दुर्घटनामा परेका बाबुछोरीकै निधन

एम्बूलेन्स दुर्घटनामा परेका बाबुछोरीकै निधन

झापा २४ बैशाख । गत चैत २२ गते विहान विरामी बोकेको एम्बूलेन्स दुर्घटनामा परी घाइते भएकी विर्तामोडस्थित कृषिथोक बजारकी फलफूल व्यवसायी दवन्ता (जानुका) ओलीको उपचारका क्रममा विराटनगरमा निधन भएको छ । विरामी बुवा अग्नीप्रसाद ओलीलाई उपचारका लागि काठमाडौं लगेर फर्कने क्रममा विरामी बोकेको मे १ च ४१४० नम्बरको एम्बूलेन्स मोरङको सुन्दर हरैचामा आइपुग्दा दुर्घटनामा परेको थियो ।
एम्बूलेन्स दुर्घटनामा परी घाइते जानुकाको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको छिमेकी तथा सामाजिक व्यक्तित्व कञ्चना ढकाल सिटौलाले जानकारी दिनुभयो । मृतक ओलीको पारिवारिक स्रोतका अनुसार जानुका बुबा अग्नीको झापामा उपचार संभव नभएपछि थप उपचारका लागि उनी काठमाडौं लिएर गएका थिए ।
झापा फलफुल तथा तरकारी व्यवसायी संघकी सदस्य समेत रहेकी दवयन्ताका दुई छोरी र एकछोरा रहेका छन् । स्रोतका अनुसार चैत २२ गते शनिवारका दिन विहान लगभग ३ बजेतिर एम्बूलेन्स दुर्घटनामा परेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार एम्बूलेन्स दुर्घटनामा परेका बाबुछोरीकै निधन

Most Popular

Recent Comments