Home समाचार उद्दार गरिएका सबै महिलाको रिपोर्ट नेगेटिभ

उद्दार गरिएका सबै महिलाको रिपोर्ट नेगेटिभ

झापा २३ बैशाख । सोमबार झापाका सडकबाट उद्दार गरिएका महिलाहरुको कोरोना संक्रमण सम्बन्धी गरिएको स्वाब परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।
झापा विर्तामोड, मेचीनगर र अर्जुनधारा नगरपालिकाबाट उद्दार गरि लगिएका उनीहरुको सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरले चिकित्सकको टोली साथै लगेर स्वाब परीक्षण गराउनु भएको थियो । पिसिआर विधिबाट गरिएको स्वाब परिक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्यको रिपोर्ट उल्लेख गर्दै मन्त्री गजमेरले जानकारी दिनुभयो । स्वाबको नेगेटिभ रिपोर्टसंगै उनीहरुलाई विराटनगरस्थित मानव सेवा आश्रममा राख्ने निश्चित भएको छ ।


मन्त्री गजमेरको समन्वयमा झापाका सडकमा बेवारिसे भएर सडकमै जीवन विताइरहेका आठजना महिलाहरुको उद्दार गरिएको थियो । ती महिलालाई राख्न र स्वास्थ्य परीक्षण गराउने लगायतका कार्यमा मन्त्री गजमेरले भूमिका खेल्नु भएको थियो भने उनीहरुलाई विराटनगर पठाउनका लागि विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, मेचीनगरकी उपप्रमुख मिना उप्रेतीले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी सडकमा अलपत्र अवस्थामा रहेका महिलाहरुको विर्तामोडमा सामाजिक तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल कञ्चना ढकाल सिटौला, पार्वता विमली, दिवाकर चौधरी लगायत वडाध्यक्षसहित जनप्रतिनिधिहरु र सुरक्षा निकायले समन्य गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार उद्दार गरिएका सबै महिलाको रिपोर्ट नेगेटिभ

Most Popular

Recent Comments