Home समाचार समाचार लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता हुँदैन

लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता हुँदैन


उमाकान्त खनाल
आज मे ३ तारिक विश्व प्रेस स्वतन्त्रता दिवस भन्ने कुरा मेरो दिमागबाट झन्डै हराएछ । बिहान दैनिक शारीरिक व्यायाम सकेर यसो सामाजिक सञ्जाल हेर्दैगर्दा साथीहरुले फोटो हालेर शुभकामना दिँदा मात्र याद आयो, ओहो… आज त मे ३ तारिक ।
अचेल शरीरले अलि बढी आराम पाएको छ तर दिमाग बिना काममा बेस्कन चलेको छ । किन चल्दैछ भन्ने नै थाहा पाउन छोडिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम तथा त्यसले निम्त्याएको र सरकारले जारी गरेको लकडाउनका कारण पनि हुनसक्छ दिमागमा अनेकौं कुरा खेल्छन् ।
घरमै बसेका बेला आजका दिनका बिगतका कार्यक्रम तथा गतिविधिहरु सोचें । परिस्थिति बदलिएको छ । यस अघि सडकमा निस्केर प्लेकार्ड, ब्यानरसहित प्रेस स्वतन्त्रताको नारा घन्काउँदै र भाषण गर्दै यो दिवस मनाउने गरिन्थ्यो तर आज अधिकांश पत्रकार घरमा छन् । पत्रकारहरुले आफूलाई सुरक्षित राख्दै, कान र दिमाग चनाखो राख्दै प्रेस स्वतन्त्रता दिवसको शुभकामना सामाजिक सञ्जाल मार्फत दिइरहेका छन् ।

विषय रह्यो प्रेस स्वतन्त्रताको । जो मानिस कहिले पनि निरपेक्ष रहन सक्दैन, उसले गरेको पत्रकारिता पेशा स्वतन्त्र रहन सक्ला ? गम्भीर प्रश्न यहीँ छ। मैले प्रेस स्वतन्त्रतालाई पत्रकारिता पेशासंग जोडें । किनभने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अधिकांश आत्मसात गर्नेमा पत्रकारिता गर्नेहरु नै धेरै छन्, हुने गर्छन् । यो नेपालको मात्र नभएर विश्वव्यापी अभ्यास हो।
फेरि पनि प्रश्न उठ्छ एउटा सापेक्ष मानवले गर्ने पेशा निरपेक्ष रहन सक्ला ? तर पत्रकारिता यस्तो पेशा हो जहाँ व्यक्तिगत धर्म, राजनीतिक सिद्धान्तलाई पर सारेर आम मानवका लागि सन्तुलित सूचनाको आहार पस्किने गरिन्छ । हुनुपर्ने पनि त्यही हो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने मैले अगाडि सारेका विषय त केवल सपनामा पनि संभव हुँदैन होला जस्तो लाग्छ । म पनि दुधले नुहाएको पत्रकार त कहाँ हो र ! तर जब मेरो विवेकले जाने, बुझें तबदेखि आफू सन्तुलित पथमा डोर्याउने प्रयत्नमा छु । त्यसका लागि मैले म भन्दा अघिल्लो पिंडीका केही अग्रज तथा पछिल्लो पिंडीका केही भाइ(बहिनीहरुबाट सिक्दैछु ।
प्रेस स्वतन्त्रताको कुरा गर्दा सबभन्दा पहिला पत्रकारहरुको लेखेर नै जीवन चल्ने वातावरण जबसम्म चल्दैन तबसम्म यो संभव छ जस्तो लाग्दैन ।

जीवन नचलेपछि उसलाई चलाइदिनेप्रति उसको कलम अलि नरम स्वभावको हुन्छ स्वाभाविकैले । त्यहाँ पनि उ सन्तुलित बन्न सक्दैन।जबसम्म राजनीतिक रंगले पत्रकारलाई सञ्चालन गर्छ त्यहीँ समस्या आउँछ । म त भन्छु राजनीतिक दलसंग आबद्ध सबै पत्रकारका संगठन खारेज गर्नुपर्छ । संगै काम गर्ने स्वाभीमान नत्याग्नेहरु जहीँको त्यहीँ रहने तर चाप्लुसी गरेकै आधारमा क्षमताविहीन मान्छेलाई सरकारी सञ्चारमाध्यमको कुनै एउटा कार्यालयको हाकिम बनाइदिएपछि ऊ भन्दा अग्रजलाई परेको मर्काको बारेमा सोचिनुपर्छ। हो, त्यही भएका कारण हाम्रा धेरै दिग्गज साथीहरुले उक्त संस्था छोड्नु परेको इतिहास छ ।
लोकतान्त्रिक मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कुनै सम्झौता हुँदैन । तर त्यसका पनि निश्चित मर्यादा र आचारसंहिता छन्। ती निश्चित मर्यादा र आचारसंहितालाई पालना गर्दै पत्रकारहरुले पेशा गर्नुपर्ने बेला हो यो र लोकतन्त्रमा कुनै पनि नागरिकले मर्या्िदत स्वतन्त्र अभिव्यक्ति दिएकै भरमा दण्डित हुनु हुँदैन। जुन नेपालमा केही समयदेखि केही घटनाहरु भएका छन्। पूर्ण प्रेस स्वतन्त्रता नै लोकतन्त्रको सुन्दर पक्ष हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता हुँदैन

Most Popular

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

गिरीलाई समाजसेवा रत्नसहित, झापाका ६ जनालाई अलंकार र पदक

झापा । पाँचौं संविधान दिवसको अवसरमा सरकारले सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । प्रत्येक वर्ष सामाजिक सेवामा लागेका...

Recent Comments