Home समाचार समाचार प्रेस जगतको अपेक्षा

प्रेस जगतको अपेक्षा

राजेन्द्र गौतम
आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । विश्वका १८० देशहरूले यो दिवस मनाउँदै आइरहेको विषय उल्लेख गरिरहनै पर्दैन । यति चाहिँ सबैले बुझ्नै पर्छ , समाजिक परिवर्तनका लागि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको स्मरण गराउन र त्यसको अनुभूति गर्न यो दिवस मनाइन्छ । अफ्रिका महादेशको नामबियाको विण्डहक शहरमा भएको संयुक्त राष्ट्रसंघको साधारणसभामा अफ्रिकि समाचार माध्यामहरूले प्रेस स्वतन्त्रताका लागि उठाएको आवाज नै इतिहासमा प्रेस स्वतन्त्रताको पहिलो कदम हो । स्वस्थ्य, मर्यादित, निष्पक्ष र जवाफदेही बिचारलाई सम्प्रेसण गरी जनचेतना अभिबृद्धि गर्नु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हो, मेरो विचारमा । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता दिवशको अबसरमास सबैमा शुभकामना । १९९३ मार्च ३ देखि प्रेस तथा अभिब्यक्ति स्वतंन्त्रता दिवशको रूपमा मनाउने क्रममा नेपालले पनि १८ वर्ष पूरा गरेको छ । तथापि, संविधानले नै ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपयोगमा व्यवधान सिर्जना भएको छ ।
वर्तमान सरकारले विधेयक नै ल्याएर संविधानको मर्ममा प्रहार गर्न उद्दत भएपछि आन्दोलन गर्नु परेको ताजा स्मरण छदैछ । दिवस मनाइ रहदा प्रत्याभूत अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनु अपरिहार्य छ, त्यसमा सरकार नचुकोस्, सिङ्गो प्रेस जगतको अपेक्षा । लेखक सम्पादक प्रतिदिन दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार प्रेस जगतको अपेक्षा

Most Popular

Recent Comments