Home समाचार रोल्पा त्रिवेणीको नेपाली सेनाद्वारा बम डिस्पोज

रोल्पा त्रिवेणीको नेपाली सेनाद्वारा बम डिस्पोज

काठमाडौं १९ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
दाङको घोराहीबाट गएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
बेवारिसे बम विष्फोट हुँदा बिहीबार बाख्रा चराउन गएका स्थानीय चार बालबालिकाको मृत्यु भएको थियो ।
बम विष्फोटमा परी ज्यान गुमाउनेमा त्रिवेणी–७ की ११ वर्षीया विमला केसी, उनका ५ वर्षीय भाइ विजय केसी, १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी–४ का १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको थियो ।
घटनास्थल २०६२ सालमा तत्कालीन द्वन्द्वरत पक्ष माओवादी र नेपाली सेनाबीच भएको भिडन्त स्थल रहेको खुल्न आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार रोल्पा त्रिवेणीको नेपाली सेनाद्वारा बम डिस्पोज

Most Popular

Recent Comments