Home समाचार कोरोना संक्रमणको संख्या ५९ पुग्यो

कोरोना संक्रमणको संख्या ५९ पुग्यो

झापा १९ बैशाख । नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन्।
सहप्रवक्ता अधिकारीका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँके नेपाल गञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका दुवैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
५९ संक्रमित पुग्दा १६ जना निको भएर घर फर्किएका छन् भने बाँकी देशभरका विभिन्न कोरोना अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना संक्रमणको संख्या ५९ पुग्यो

Most Popular

Recent Comments