Home समाचार प्रदेश १ मा छ हजार तीनसय बढीको नमूना परीक्षण

प्रदेश १ मा छ हजार तीनसय बढीको नमूना परीक्षण

विराटनगर १८ बैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट पाँचहजार ८९ जनाको नमूना परीक्षण भएको छ ।
यसरी परीक्षण गरिएकामध्ये पाँचहजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा छहजार तीनसय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण (पिसिआर) बाट एकहजार दुईसय ८८ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार दुईसय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल दुईहजार तीनसय ३७ जना पुगेको छ । ३० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा छहजार एकसय ९९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रदेश १ मा छ हजार तीनसय बढीको नमूना परीक्षण

Most Popular

Recent Comments