Home समाचार १० हजार आठसय सातको पिसिआर परीक्षण

१० हजार आठसय सातको पिसिआर परीक्षण

काठमाडौं १६ बैशाख । नेपालमा हालसम्ममा ५४ हजार आठसय २६ जनामा कोरोना भाइरस परीक्षण गरिएको छ ।
ती मध्ये १० हजार आठसय सातजनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ४४ हजार १९ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
हालसम्ममा क्वारेन्टाइनमा २२ हजार ९९ जना छन् भने आइसोलेसनमा उपत्यकामा ४ र उपत्यका बाहिर १०३ सहित जम्मा एकसय सात जना रहेको मन्त्रालयको नियमित ब्रिफिङका क्रममा डा. देवकोटाले जानकारी दिनु भएको हो । उहाँका अनुसार रेडजोनमा देशभर तीनसय नौजना रहेका छन् । गत चौबीस घन्टामा ५ जना रेड जोनमा परेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार रौतहटमा थप दुई जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
संक्रमण २४ र ३५ वर्षका दुई पुरुषमा देखिएको हो। उनीहरु दुबै भारतबाट आएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार १० हजार आठसय सातको पिसिआर परीक्षण

Most Popular

Recent Comments