Home समाचार बाह्रदशीमा कन्ट्रयाक ट्रेसिङ र नमूना संकलन शुरु

बाह्रदशीमा कन्ट्रयाक ट्रेसिङ र नमूना संकलन शुरु

बाह्रदशी १६ बैशाख । एकजनामा कोरोना संक्रमण पुष्टि भएको बाह्रदशी गाउँपालिकाको सिल गरिएका क्षेत्रमा आजदेखि कन्ट्रयाक ट्रेसिङसंगैसंगै नमूना संकलन तथा परीक्षण शुरु भएको छ ।
स्वास्थ्यका प्राविधिक टोलीले परीक्षणका लागि नमूना संकलन कार्य शुरु गरेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
नमूना संकलनका लागि स्वास्थ्य कार्यालय झापाका साथै बाह्रदशी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीसहितको टोलीले नमूना संकलन कार्य शुरु गरिएको हो ।
नमूना संकलन र परीक्षणका लागि संक्रमण क्षेत्रलाई आवश्यक सामग्री प्राप्त भएसंगै नमूना संकलन गरिएको हो । नमूना संकलन गरिने सबैको पिसिआर परीक्षण गर्न माग गर्ने निर्णय गरेको बाह्रदशी गाउँपालिकामा कन्ट्रयाक ट्रेसिङका क्रममा निकटता र अवस्था हेरेर पिसिआर र आरडिटी दुवै परीक्षणका लागि नमूना संकलन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बाह्रदशीमा कन्ट्रयाक ट्रेसिङ र नमूना संकलन शुरु

Most Popular

Recent Comments