Home समाचार सिल गरिएका क्षेत्रमा पिसिआर परीक्षण गर्न माग

सिल गरिएका क्षेत्रमा पिसिआर परीक्षण गर्न माग

बाह्रदशी १४ बैशाख । मुस्लिम समुदायका एकजना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको झापाको बाह्रदशी गाउँपालिकाका केही वडा सिल गर्ने निर्णय भएको छ ।
गाउँपालिकाका अध्यक्ष खड्गसिं राजवंशीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले गाउँपालिका भित्रका केही वडा सिल गर्ने निर्णय गरेको बाह्रदशी गाउँपालिकाका उपप्रमुख रत्ना राजवंशीले जानकारी दिनुभयो ।
बैठकले सिलको क्षेत्रमा पिसिआर परीक्षणका लागि प्रदेश र संघीय सरकार समक्ष अनुरोध गर्ने समेत निर्णय गरेको बताइएको छ । आरडिटि परीक्षण प्रभावकारी नदेखिएको कुरा उठिरहेका बेला बाह्रदशी गाउँपालिकाले सिल गरिएका क्षेत्रका सबै पिसिआर परीक्षण गरिनुपर्ने ठहर गर्दै सरकार समक्ष आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले पूर्वमा साविक चकचकी गाविसको वडा नं.–७ अन्तरगत कंचनगढ राजगढको बाटो पश्चिम, पश्चिममा साविक चकचकीकै वडा नं.–५ को पश्चिम विरिङ खोला, उत्तरमा धमला गाउँ र दक्षिणमा साविक चकचकी गाविस वडा नं.–१मा अवस्थित विरिङ खोला र बाह्रदशी गाविस वार्ड नं–३ को पश्चिम राधानगरको सम्पूर्ण वस्तीलाई शील गर्ने निर्णय गरिएको हो ।
सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको बैठकले सर्वसाधारणलाई शिल अवधीभर सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपिल समेत गरेको छ ।
बैठकले शिल गरिएका क्षेत्रमा बसोबास गर्ने स्थानीयको पिसिआर परीक्षणका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सिल गरिएका क्षेत्रमा पिसिआर परीक्षण गर्न माग

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments