Home समाचार झापामा थपिए कोरोना संक्रमित

झापामा थपिए कोरोना संक्रमित

झापा १४ बैशाख । झापामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
झापामा दोस्रो कोरोना संक्रमित पुष्टि भएका ती व्यक्ति बाह्रदशी गाउँपालिका ५० वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।
कोसी अस्पताल विराटनगरको ल्याबमा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएका थियो । हाल उनी अस्पतालमा रहेको र स्वस्थ रहेको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका ५२ जना पुगेका छन् भने १६ जना निको भएर घर फर्किएका छन् ।
दिल्लीमा भएको मुस्लिम समुदायको भेलामा सहभागी हुन गएका बाह्रदशीका स्थानीय ती व्यक्ति ३५ दिन अघि घर फर्किएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गसिंह राजवंशीले जानकारी दिनुभयो । उनी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका थिए ।
अघि झापामा दमक नगरपालिका वडा नं.–३ का एक ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएसंगै शनिवारदेखि नै उनको घर आसपासमा सहित केही स्थान शील गरी कन्ट्रयाक ट्रेसिङ शुरु गरिएको छ ।
आजसम्ममा ५० जनाको नमूना संकलन गरिएको नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा थपिए कोरोना संक्रमित

Most Popular

Recent Comments