Home समाचार कोरोना कोषमा तक्षशिला र शिक्षक महासंघको सहयोग

कोरोना कोषमा तक्षशिला र शिक्षक महासंघको सहयोग

विर्तामोड १२ वैशाख । झापाको विर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोषलाई तक्षशिला एजुकेशन फाउण्डेशन बिर्तामोडले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरको छ ।
फाउण्डेशनका अध्यक्ष पूजा गिरी तथा प्रिन्सिपल श्रद्धा गिरी (बोहोरा)को अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार शुक्रबार फाउण्डेशनका सञ्चालक दीपक गिरी र मनिष गिरीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोषका लागि रकम हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा बिद्यालयबाट संकलित दुई लाख ९० हजार नौसय ५८ रुपैयाँ कोषलाई प्रदान गरेको छ । बिर्तामोडको देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया मावि, वीरअमरसिंह प्राविधिक मावि, सरस्वती मावि, साङ्गवेद संस्कृत मावि, लक्ष्मी आधारभूत बिद्यालय र चरमधाप आधारभूत बिद्यालयबाट रकम संकलन गरी हस्तान्तरण गरेको हो । महासंघका नगर अध्यक्ष युवराज कट्टेलले नगर प्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
नगरले स्थापना गरेको कोषमा नगद र बस्तुगत सहयोगसहित एककरोड १४ लाख ८२ हजार चारसय दुई रुपैयाँ जम्मा भएको छ भने नगरको ५० लाखसहित कोषमा नगर एककरोड छलाख ८९ हजार चारसय दुई रुपैयाँ जम्मा भएको नगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना कोषमा तक्षशिला र शिक्षक महासंघको सहयोग

Most Popular

Recent Comments